२०८३ बैशाख २०
May 3, 2026, Sunday

म्याग्दी जेसिजको २६ औं पदस्थापना, पुरस्कार बितरण

म्याग्दी जेसिजद्वारा सहिद दिवसको अवसर पारेर २६ औँ पदस्थापना तथा पुरस्कार वितरण गरेको छ । गण्डकी प्रदेश सभा सदस्य माननिय हरीबहादुर भण्डारीको उपस्थितिमा पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
म्याग्दी जेसिज बर्ष–२०२४ का ८ जना पदाधिकारी तथा सदस्य हरुले बर्ष भरी जेसिजमा खेलेको भुमिकाको आधारमा विभिन्न व्यक्तीहरुलाई अर्वाडद्धारा सम्मानित गरिएको थियो ।

पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम मा म्याग्दी जेसिज बर्ष– २०२४ का शाखा अध्यक्ष सिनेटर दिनेश बानियाले बर्ष–२०२५ का लागि शाखा अध्यक्ष जेसि बिनोद घर्तीलाई आफ्नो माला हस्तातरण गर्नुभएको थियो ।

म्याग्दी जेसिज बर्ष २०२४ ले शाखामा ४३ वटा कार्यक्रम सम्पन्न गर्दै एसिया महादेशका देश हरुको कम्बोडियामा सम्पन्न भएको क्षेत्रीय सम्मेलन ब्क्एब्ऋ ऋयmदयमष्ब–२०२४ मा सहभागीता समेत जनाएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य भण्डारीले युवाहरुलाई सामाजिक कार्यमा र युवाको नेतृत्व विकासमा जेसिजले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ माघ १९, शनिबार ११:५७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ माघ १९, शनिबार ११:५७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ माघ १९, शनिबार ११:५७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP