२०८३ बैशाख २१
May 4, 2026, Monday

म्याग्दीमा संविधान दिवस मनाइयो

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिको संयोजनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।

विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्य गोविन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि संविधानको पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने बताए । दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, निजामती कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा संविधानको रक्षाका लागि सबै पक्षको सक्रियता आवश्यकता रहेको र संविधानको पूर्णपालन भएमा मात्रै सहिदको सपना पूरा हुने बताइएको थियो । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले संविधान दिवसका अवसरमा प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो । आज साँझ विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सहभागिताका लागि उहाँले अनुरोध गर्नुभयो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ आश्विन ३, शुक्रबार १४:५४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ आश्विन ३, शुक्रबार १४:५४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ आश्विन ३, शुक्रबार १४:५४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP