२०८३ बैशाख २
April 15, 2026, Wednesday

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या सामान चोरीमा संलग्नता रहेको भेटिएको छ ।

Advertisement

अभियुक्त भिमप्रसाद किसानले बेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको सुरक्षा गार्ड पौडेलले देखेपछि कम्पनीमा जानकारी गराउने बताएसँगै आफ्नो समुहको परिचय खुल्ने भन्दै काठको दाउराले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएर पावरहाउसको दोश्रो तलामा रहेको प्वालबाट भूई तलामा खसालेको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार हत्यामा संलग्न मंगला गाउँपालिका-२ हिदीका २९ बर्षिय भिमप्रसाद किसान, चोरीमा संलग्नहरुमा रघुगंगा गाउँपालिका-३ तिल्किनीका ५९ बर्षिय गम बहादर शेन्चुरी,रघगंगा गापा-३ पिप्ले ५३ बर्षिय गिरी बहादुर मल्ल, रुपन्देही जिल्ला देवदह नगरपालिका-९ २१ बर्षिय तुल बहादर गुरुङ र पर्वत जलजला गाउँपालिका-३ पारीबेनीका २८ बर्षिय बिज्ञान राज शर्मा र बेनी नगरपालिका–९ का ४१ बर्षिय शिव पुरी रहेका छन् ।

पौडेलको हत्या तथा चोरीमा संलग्नलाई कतब्य ज्यान मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धानमा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको कमाण्डमा खटिएको टोलीले २४ घण्टाभित्र हत्याका योजनाकार तथा संलग्नहरुको पहिचान गरेको जनाइएको छ । जलविद्युतबाट सामान चोरी गर्ने र बेच्ने गिरोहको समेत पहिचान भएको छ । म्याग्दी जिल्लामा जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ माघ २१, मंगलवार १७:११

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ माघ २१, मंगलवार १७:११

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ माघ २१, मंगलवार १७:११

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP