२०८२ माघ २९
February 11, 2026, Wednesday

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रममा समस्या सुन्दै समाधानप्रति प्रतिबद्धता जनाउनुभएको छ । पश्चिम म्याग्दीमा चुनावी अभियानको क्रममा मंगला गाउँपालिका वडा नं २ बावियाचौर, वडा नं ३ बरंजा,वडा नंं ४ र को गाउँ–टोलमा पुगेर स्थानीयसँग छलफल, अन्तरक्रिया तथा संवाद गर्दै जनजीवनसँग जोडिएका समस्याहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानका उपायबारे प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Advertisement

उम्मेदवार भण्डारीले म्याग्दी जस्तो जिल्लालाई बजेट विनियोजनमा भइरहेको विदेभलाई सदनबाटै विद्रोह गर्ने, म्याग्दी हिमाली जिल्ला घोषणा भएपनि कार्यान्वनमा भइरहेको ढिलासुस्ती, दलका नेताहरुको पहुँचका अधारमा विकास निर्माणका आयोजना छनोटले जिल्लामा गरेको असरलाई तोडेर दुर्गम तथा सबै जिल्लालाई समानुपातिक रुपमा बजेट विनियोजनलाई देखिने गरी काम गर्ने बताउनुभयो ।

Advertisement


बरंजामा आयोजित भेटघाट कार्यक्रममा उम्मेदवार भण्डारीले जिल्लाका आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिदैं सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूबारे स्थानीयको गुनासोलाई दीर्घकालीन समाधानका लागि स्पष्ट योजना रहेको बताउनुभएको थियो । चुनावी अभियानमा मात्रै नभई मतदातासँग निर्वाचनपछि प्रतिबद्धता कार्यान्वयन गरी गाउँमा आउने उम्मेदवार भण्डारीको भनाई थियो । अनुशासन, इमानदारी र केन्द्रमा विभिन्न क्षेत्रमा काम गरेको अनुभव, विज्ञसहितको सम्बन्धलाई जिल्लाको विकासमा जोड्ने भण्डारीको प्रतिबद्धता रहेको थियो ।

चुनावी अभियान अगाडी कार्यकर्ता भेटघाट सहित घरदैलोमा भाषणभन्दा काममा विश्वास गर्ने भएकाले यसपटक अवसर दिन मतदातालाई अनुरोध गर्नुभएको थियो । उम्मेदवार भण्डारीले पहिलो चरणमा जिल्लाका सबै वडामा पुग्ने र दोस्रो चरणमा थप अभियानमा जुट्ने नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँले बताउनुभयो । चुनावी अभियानमा जेनजी आन्दोलनपछि पार्टीमा देखिएको परिवर्तन, नेपाली कांग्रेस एकमत भएर सञ्चालन गरिरहेको अभियानले समेत पार्टीमा उर्जा थपिएको छ भने कांग्रेस र नयाँ मतदाताको दूरी समेत घटाएको छ ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८२ माघ २९, बुधबार ०२:०३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८२ माघ २९, बुधबार ०२:०३

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
  • २०८२ माघ २९, बुधबार ०२:०३

म्याग्दी । Advertisement धौलागिरी अधिकृत बिक्रेता संघको ११औँ साधारण सभा कुस्मामा सम्पन्न भएको छ । व्यापारिक एकता र भावी दिशाबारे...

TOP