Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा घरदैलो गरिरहनुभएको छ ।

Advertisement

अन्नपूर्णको २,३ र ४ नारच्याङको विभिन्न बस्तीमा पुग्नुभएको भण्डारीलाई मतदाताले फुलमाला लगाएर स्वागत तथा सुझाव दिएका छन् । विभिन्न बस्तीका मतदाताको समस्या र दुःख बुझेका भण्डारीले आफ्नो एजेण्डा र आफ्नो प्रतिबद्धता राख्नुभएको छ ।

Advertisement

घरदैलो अभियानमा अन्नपूर्ण पुग्नुभएको भण्डारीले जलविद्युत, पर्यटन, सडक र स्थानीय स्तरमा उत्पादन हुने कृषिमा आधुनिकरणका बारेमा आफ्नो एजेन्डा लिएर चुनावि मैदानमा आएको बताउनुभएको छ ।

प्रविधि र केन्द्रीय राजनितिमा राम्रो ज्ञान भएका भण्डारीले यस पटक आफु संसद छिर्ने रणनीती लिएर घरदैलो अभियानमा छ । यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ मालिका गाउँपालिका २ रुममा घरदैलोमा छन् । त्यस्तै नेकपा उम्मेदवार पनि मालिकाका विभिन्न बस्तीमा घरदैलो गरिरहेका छन् ।

त्यसैविच, स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो जन्म गाउँ नागी र राम्चेमा घरदैलो गरिरहेका छन् ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!