म्याग्दीमा पछिल्लो समय क्षयरोगका बिरामीको संख्या बढ्दै गएका छन् । साउनदेखि याता मात्र २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेका जानकारी गराईएको हो ।
जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जनाा नयाँ क्षयरोग भेटिएका छन् । त्यस्तै मालिका गापा ४ जना, मंगला गापा २ धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएका छन् ।
म्याग्दी जिल्लामा गत आवमा ’टिबी प्रिभ्यालेन्स सर्वे’मा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ४९ क्षयरोगी पत्ता लगाउनुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन गणेश सुबेदीले बताउनुभयो ।
एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको ब्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्छ ।
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...
बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...
म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...



