२०८३ बैशाख १८
May 1, 2026, Friday

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा जेष्ठ शेयर सदस्य पुस्कल जोशीले पछिल्लो समय सहकारीहरुमा विश्वास कम हुदै गएको अबस्थामा सहकारीले व्यवस्थित र सबैको विश्वास जित्ने काम गरेको बताउनुभयो । सोही अवसरमा निर्वतमान अध्यक्ष हरिकृष्ण शर्माले आफ्नो शेयर सदस्यहको सुविधाका लागि शुरु गरेका डिजिटल भुक्तानी सेवा प्रभावकारी बन्दै गएकाले यसलाई थप ब्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

Advertisement

असल ऋणीको रुपमा बेल कुमारी श्रेष्ठ, बाद बचतमा सुजल श्रेष्ठ, नियमिति बचतमा पदमबहादुर थापा, शेयर सस्दयहरुको छोराछोरीबाट एईईमा उत्कृष्ट अंक ल्याउने उत्तम रिजाललाई सम्मान गरिएको थियो ।

Advertisement


वैदेशिक रोजगारीका लागि गएका शेयर सदस्यहरुले आफ्नो परिवारलाई विदेशबाट पैसा पठाउन लोकदिपकै मोबाइल एप प्रयोग गर्न सकिने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो । त्यस्तै ग्रामिण भेकमा रहेका सदस्यहरुले आफ्नो घरको विजुली तथा टेलिभिजन तथा इन्टरनेटको बिल तिर्नका लागि पनि सहकारीकै एपको प्रयोग गर्न सकिन्छ ।

१३ सय ६३ जना शेयर सदस्य रहेको सहकारीमा रु. एक करोड ६७ लाख २८ हजार एक सय सेयर पुँजी रहेको सहकारीले ८ करोड ४९ लाख २ हजार ८७ रुपैयाँ लगानी गरेको छ। त्यस्तै संस्थामा ८ करोड २३ लाख ३६ हजार ३७८ रुपैयाँ बचत रहेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमनाथ शर्मा र संचालन तथा प्रगति प्रतिवेदन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ पुष २८, सोमबार ०३:२५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ पुष २८, सोमबार ०३:२५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ पुष २८, सोमबार ०३:२५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP