२०८३ श्रावण ११
July 27, 2026, Monday

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको छ ।

Advertisement

म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो ।

बेनीमा परम्परागत रुपमा लाग्ने माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्र्बद्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिबिधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा स्टल रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य बस्तुको प्रर्दशनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

महिला उद्यमीहरुबीच बच्चाको टोपी, दुना टपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफुल, तरकारी, खाद्यबाली र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपंक्षी प्रर्दशनी गर्ने भएका छन् ।

महोत्सवमा स्थानीय उत्पादनको निशूल्क प्रर्दशनीको ब्यवस्था मिलाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुहुने कार्यक्रम छ । महोत्सव उद्घाटन अघि बेनीमा झाँकी सहितको ¥याली निकालिने तयारी भएको छ ।

महोत्सव सञ्चालनका लागि रु। २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । स्टलभाडा, प्रायोजक र सहयोग मार्फत आर्थिक सहयोग जुटाएर निशूल्क महोत्सव अवलोकनको ब्यवस्था मिलाएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

स्टल निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको र यस मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको आयोजकले जनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्छ । संघ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।

म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पंख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघे संक्रान्ति हो ।

साउन संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा शुरु भएको दिनका रुपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP