२०८२ पुष २५
January 9, 2026, Friday

एक जना प्राविधिकको भरमा ६० वटा योजना

म्याग्दी, चैत २० गते । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाइ तोकिएको हो । 

Advertisement

म्याग्दी भौगोलिकरुपमा विकट र दुर्गम हिमाली जिल्ला हो । “नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,” इन्जिनियर खत्रीले भन्नुभयो “सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ ।” सो कार्यालयको सिँचाइ तर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत छैटौँ तहका खत्री बाहेक दुई वटा दरबन्दी रिक्त छ । 

Advertisement

प्राविधिक जनशक्तिको कमी र योजनाको सङ्ख्या धेरै हुँदा कार्यान्वयन र अनुगमनमा समस्या भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । एकजना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको प्रमूख ओझाको भनाइ छ । उहाँका अनुसार एक्लै प्राविधिक भए पनि राति, साँझ, बिहानको समयमा काम गरेर सिँचाइका ६० मध्ये ५० वटा योजनाको सम्झौता भइ कार्यान्वयनको चरणमा छन् । 

चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी एक सय २० वटा योजनाका लागि पुँजीगत तर्फ १६ करोड ६८ लाख १० हजार बजेट विनियोजन भएको थियो । चैत दोस्रो सातासम्म १४ प्रतिशत अर्थात दुई करोड ३० लाख खर्च भएको लेखा शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । ९० वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न भएका छन् । विकास योजनालाई गुणस्तरीय र प्रभावकारीरुपमा कार्यान्वयन गर्न टुक्रे योजना कटौती गरेर ठूला आयोजनामा बजेट केन्द्रित गर्न नीतिगत सुधार गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो । रासस 

Related News

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • २०८० चैत्र २०, मंगलवार १३:५३

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको दुर्गम बस्तीमा पर्ने धवलागिरी गाउँपालिका ५ मलम्पारमा रहेको महेन्द्र आधारभूत विद्यालयका २४ जना छन्त्याल विद्यार्थीहरुलाई...

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु
रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु
  • २०८० चैत्र २०, मंगलवार १३:५३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी...

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • २०८० चैत्र २०, मंगलवार १३:५३

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ...

TOP