२०८२ फाल्गुन १८
March 2, 2026, Monday

अन्नपूर्णको पर्यटन र ग्रामिण सडक मेरो पहिलो प्राथमिकता उम्मेदवार भण्डारी

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा अघि बढाउनुभएको छ । आइतबार c

Advertisement

उम्मेदवार भण्डारीले अन्नपूर्णलाई पर्यटन विकास गरी आयआर्जन संगै रोजगारी सिर्जना गर्ने खालका योजना र बस्तीबस्तीमा पुग्ने सडक स्तरउन्नी गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । अघिल्लो सरकारको उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री समेत रहनुभएका सभापती गर्बुजाले आफु छोटो समय मन्त्री हुन पाउदा पनी अन्नपूर्णको विकासमा योजनाहरु हालेको बताउदै ती योजना सम्पन्न गर्न र जिल्लाको विकासका लागि म्याग्दी कांग्रेसले उर्जाशिल युवा नेतालाई उम्मेदवारी बनाएको बताउदै सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

Advertisement

उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट परिवर्तित र रुपान्तरित भएर नयाँ स्वरुप र नेतृत्व सहित आएकोले जनताले ढुक्क भएर कांग्रेसलाई विश्वास गरी मत दिन मतदाताहरुसँग अनुरोध गर्नुभयो । उहाँले बोलेर मात्र होईन आफुले काम गरेर समेत देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ दल भनिरहदा त्यसमा पनि पुरानो अनुहार आएको बन्दै कांग्रेसले अहिले केन्द्रदेखि जिल्ला तह सम्म पुस्तातरण भएको बताउनुभयो ।

कार्यक्रममा उम्मेदवार भण्डारीले जनताको आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिदैं सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूबारे स्थानीयको गुनासोलाई दीर्घकालीन समाधानका लागि स्पष्ट योजना रहेको बनाएको बताउनुभयो । आफु कानुनको विद्यार्थी समेत भएकाले कस्ता खाले निती बनाउने र यहाँका खानीहरु संचालन गर्ने भन्ने बारेमा समेत आफु प्रस्ट रहेको उहाँको भनाई थियो ।

नेपाली कांग्रेस अन्नपूर्ण पालिका सभापती कृष्ण बरुवाल, जिल्ला कार्यसमिति कोषाध्यक्ष अमृतमान श्रेष्ठ, निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल लगाएतका नेता कार्यकर्ताहरुको समूह प्रचार तथा जनभेटघाट अभियानमा सहभागि हुनुहुन्थ्यो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ फाल्गुन ३, आईतवार १५:४७

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ फाल्गुन ३, आईतवार १५:४७

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८२ फाल्गुन ३, आईतवार १५:४७

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP