Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध

लोकतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई नमन तथा स्मरण गर्दै नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीलाई सम्पूर्ण किसिमका विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध जिल्ला बनाउने उद्घोष गर्नुभएको छ ।

Advertisement

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारीले विहीबार (आज) पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङ र लमसुङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उक्त उद्घोष गर्नुभएको हो। उम्मेदवार भण्डारीले हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले सेवा सुविधा प्राप्त गर्न नसक्दा उपल्लो भेगमा जनतालाई समस्या भएको बताउँदै जनताका समस्याहरु समाधान गर्ने ल्याकत र सामथ्र्य आफूसँग भएको दावी गर्नुभयो ।

Advertisement

“म सेवा गर्नकै लागि जन्मिएको हुँ,म कानुनको विद्यार्थी भएको हुनाले मलाई योजना कसरी बनाइन्छ,बजेट कसरी बाँढफाँड गरिन्छ र धेरैभन्दा धेरै बजेट कसरी जिल्लामा ल्याउन सकिन्छ भन्ने कुरा थाहा छ । म म्याग्देली जनताको शिर ठाडो हुने गरी नीति निर्माण तहमा पुगेर काम गर्न चाहन्छु । त्यसैले जिल्लाको विकासका लागि पनि मलाई भोट दिनुहोस” उम्मेदवार भण्डारीले भन्नुभयो ।

भण्डारीले प्राथमिकता र आवश्यकताका आधारमा विकास,जातीय समनता,वर्गिय विभेदको अन्त्य,रोजगारीको सृजना,पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास,शिक्षा,स्वास्थ्यमा सुधार र सर्वसुलभ बनाउने योजना,हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा ,सानेपानी,सिंचाइ,उत्पादित वस्तुको बजारीकरण,कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने,जडिबुटीको संकलन,प्रशोधन र विक्रीवितरणका लागि सहज नीतिको कार्यान्वयन,खानी उत्खन लगाएतका कुराहरु आफ्नो क्रमिक प्राथमिकताका विषयहरु रहेका बताउनुभयो ।

चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो छोटो राज्यमन्त्री कालमा पनि विगतको भन्दा धेरै बजेट म्याग्दीका लागि ल्याएको बताउँदै त्यसको जसलिन हानथाप गर्न नचाहेको उल्लेख गर्नुभयो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबी भण्डारीलाई जिताउन अपिल गर्नुभयो ।

उहाँले केबी भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायीत्व ,सुशासन ,आफ्नो कार्यकालमा अपुरा रहेका योजना पुरा गर्न तथा जिल्लाको थप विकास गर्न कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेको बताउनुभयो । नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको बताउँदै कांग्रेस म्याग्दीका उपसभापति समेत रहनुभएका भण्डारीले सुचना प्रविधिको क्षेत्रमा पनि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । धवलागिरि गाउँपालिकाका २,३ र ४ वडामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पनि गरिएको थियो । पार्टीका नेता तथा कार्यकताहरु सहभागि उक्त कार्यक्रममा मतदाताहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP