२०८१ कार्तिक ६
October 22, 2024, Tuesday

घिरच्याङकाे कृषि फार्ममा क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्‍याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपन्क्षी फार्ममा क्षति भएको हो । 

गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण-२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । 

फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताउनुभयो । कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले  १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् । रासस

Advertisement

Related News

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
  • २०८१ श्रावण २६, शनिबार १५:३६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा...

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
  • २०८१ श्रावण २६, शनिबार १५:३६

Advertisement गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता...

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
  • २०८१ श्रावण २६, शनिबार १५:३६

म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको...

TOP