२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा रहेको सुनगाभा युवा क्लवले दसै र तिहार पर्वको अवसरमा आयोजना गरेको मेला र बास्केटबलको फाइबर बोर्डको पनि उद्घाटन भएको छ ।

Advertisement

पोखरेबगर–पाउद्धार सडक अन्तर्गगत अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा निर्माण भएको मोटरेबल पुलको प्रतिनिधीसभाका पुर्व सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

थापाले शिख देखि किन्दु जोड्ने झोलुङ्गे पुलको पनि उद्घाटन गर्नुभयो । घारखोलाको मोटरेबल पुर र शिख–किन्दु झोलुङ्गे पुल थापाको कार्यकालमा निर्माण शुरु भएका थिए । एक वर्षअघि निर्माण सकिएर प्रयोगमा आएको थियो ।

पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा संघीय सरकारको रु. तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलब आठ मिटर लामो झोलुङ्गे पुल पनि संघीय सरकारकै बजेटमा निर्माण भएको हो । एक वर्षअघि निर्माण सकिएको यो पुलले ४५ मिनेटको यात्राअवधिलाई २० मिनेटमा छोट्याएको छ ।

किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न सजिलो भएको छ । शिख, घिरवाङ र पाउद्धारका बासिन्दा पनि लाभान्वित भएका किन्दुका बासिन्दा रहेका शिख माविका शिक्षक खेम पुनले बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷०७९ मा अन्नपूर्ण गाउँपालिका मार्फत स्वाँतको खोपा खोलामा रु. ३० लाखको लागतमा निर्माण भएको ६० मिटर लामो झोलुङ्गे पुलको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले उद्घाटन गर्नुभयो ।

यसैगरी सुनगाभा युवा क्लवको बास्केटबल खेलमैदानमा निर्माण भएको फाइबर बोर्डको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठ, खड्ग गिरि लगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । स्थानीयबासीहरुले गाउँको समस्याका विषयमा जनप्रतिनिधी र नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ कार्तिक ६, मंगलवार १२:३२

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ कार्तिक ६, मंगलवार १२:३२

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ कार्तिक ६, मंगलवार १२:३२

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP