Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने


म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजकत्वमा १९ विभिन्न उपसमिति सहित तयारीमा जुटेको शाखा अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

Advertisement


प्रतियोगितामा उत्कृष्ट खेलाडीमा धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड,अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने शाखा अध्यक्ष बानियाँको भनाई छ ।

प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकार एवम् पूर्व अध्यक्ष सन्दिप खत्री, पूर्व अध्यक्ष खम थापा, निर्वतमान अध्यक्ष सुमन बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP