२०८१ कार्तिक ६
October 22, 2024, Tuesday

पाँच आरोहीको शव एक सातादेखि हिमालमै, रित्तै फर्कियो हेलिकप्टर

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन्।सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ। प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए।

Advertisement

‘हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,’ उनले भने, ‘मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन्।’

बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन्। सम्बद्ध टे«कीङ कम्पनीले अनुकुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए।

प्रहरीका अनुसार रुसी नागरिक  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो।

‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए।

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए। रासस

Related News

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
  • २०८१ आश्विन २८, सोमबार ००:३५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा...

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
  • २०८१ आश्विन २८, सोमबार ००:३५

Advertisement गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता...

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
  • २०८१ आश्विन २८, सोमबार ००:३५

म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको...

TOP