२०८१ कार्तिक ६
October 22, 2024, Tuesday

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ ।

Advertisement

गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभारादेखि औँला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए ।

“सडक निर्माणलाई तीव्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “मालिका गाउँपालिका–२, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ ।”

विस २०७५मा मालिका गाउँपालिकाले अदिभारादेखि डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । गण्डकी प्रदेश सरकारले रु दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी/आरआरसी/पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।

आयोजनामार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ । म्याग्दी १९२० बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

बागलुङको बुर्तीवाङदेखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ । रासस

Related News

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
  • २०८१ कार्तिक २, शुक्रबार ११:१७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा...

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु
  • २०८१ कार्तिक २, शुक्रबार ११:१७

Advertisement गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता...

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
  • २०८१ कार्तिक २, शुक्रबार ११:१७

म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको...

TOP