२०८१ कार्तिक ६
October 22, 2024, Tuesday

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु

Advertisement

गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता बुझ्न आफु गुर्जा आएको गर्बुजाको भनाई छ ।

गुर्जामा भएको कार्यक्रममा गर्बुजाले आफुले पहिलो प्राथमिकता गुर्जाको विकासमा राखेको बताउनुभयो । उहाँले दुर्गम भएपनि गुर्जामा पर्यटक र यहाँको जडिबुडिको सम्भावना रहेकाले यसको विकासमा आफु लागिपरेको बताउनुभयो ।

निर्वाचित पछि पहिलो पटक गुर्जा पुगेका गर्बुजाले सडक शिक्षा र स्वास्थ्यका लागि संघिय प्रदेश र स्थानीय सरकार संग पहिल गरेर अबको केही बर्षमा नै गाउँ सम्म सडक सञ्जाल पुराउने प्रतिवद्धता समेत गर्नुभएको छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पालिकाले समेत गुर्जाखानीलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु बनाएको बताउनुभयो । सयदिने अभियान अन्र्तगत सांसद ताकम, मुना, लुलाङ हुदै गुर्जा पुगेका हुन् । उहाँसँगै नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुको टोली गाउँ अभियानमा सहभागी छन् ।

Related News

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका-५ किन्दुमा...

म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
म्याग्दी जेसीजक मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको...

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१र८२ मा रु। एक करोड २७ लाख ६३ हजार आन्तरिक...

TOP