म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ ।
बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा विभिन्न कलाकारहरुको उपस्थितिमा लाइभ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । क्लवका पुर्व अध्यक्ष सोभन श्रेष्ठले सांगितिक कार्यक्रमको तयारी तिब्र पारिएको बताउनुभयो ।
सो कार्यक्रममा लोक पप गायक आषिश राना (लाहुरे) र पूर्ण राई साथै म्याग्देली चर्चीत युवा कलाकार प्रकाश दुतराज, सम्भोज मल्ल, कालरात्री ब्याण्ड र अन्य स्थानीय कलाकारहरुको प्रस्तुति हुने क्लवका अध्यक्ष निरज राम्जालीले बताउनुभयो ।
लाहुरे र पूर्ण पहिलो पटक म्याग्दी आउन लागेका हुन् । म्याग्दीका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र छात्रवृति प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एभेन्ट संयोजक किसान कार्कीले बताउनुभयो । आगामी दिनमा पनि सामाजिक उद्देश्य सहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लवले जनाएको छ ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...