२०८२ बैशाख ११
April 24, 2025, Thursday

कात्तिक २० गते बेनीमा ‘म्याग्दी म्युजिक इभेन्ट’ हुने

Advertisement

म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ ।

Advertisement

बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा विभिन्न कलाकारहरुको उपस्थितिमा लाइभ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । क्लवका पुर्व अध्यक्ष सोभन श्रेष्ठले सांगितिक कार्यक्रमको तयारी तिब्र पारिएको बताउनुभयो ।

सो कार्यक्रममा लोक पप गायक आषिश राना (लाहुरे) र पूर्ण राई साथै म्याग्देली चर्चीत युवा कलाकार प्रकाश दुतराज, सम्भोज मल्ल, कालरात्री ब्याण्ड र अन्य स्थानीय कलाकारहरुको प्रस्तुति हुने क्लवका अध्यक्ष निरज राम्जालीले बताउनुभयो ।

लाहुरे र पूर्ण पहिलो पटक म्याग्दी आउन लागेका हुन् । म्याग्दीका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र छात्रवृति प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एभेन्ट संयोजक किसान कार्कीले बताउनुभयो । आगामी दिनमा पनि सामाजिक उद्देश्य सहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लवले जनाएको छ ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ कार्तिक १४, बुधबार ११:०१

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ कार्तिक १४, बुधबार ११:०१

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ कार्तिक १४, बुधबार ११:०१

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP