२०८२ आश्विन २५
October 11, 2025, Saturday

बाढीले उपल्लो मुस्ताङ सिधा सडक सम्पर्क विच्छेद

उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।

Advertisement

सदरमुकाम जोमसोम हुँदै कागबेनीबाट उपल्लो मुस्ताङ जाने सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ छुसाङस्थित ताङ्वे खोलामा आएको लेदोसहितको बाढीले सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।

Advertisement

खत्रीले भन्नुभयो, ‘‘यस क्षेत्रमा धेरैपटक सडक अवरुद्ध भएको छ, सामान्य वर्षामा पनि बाढी आउँदा उपल्लो क्षेत्रमा जाने यात्रुलाई सास्ती भइरहेको छ ।’’ बाढीले अवरुद्ध गरेको सडकमार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ ।

अवरुद्ध सडक पन्छाउनका लागि सम्बन्धित आयोजनालाई खबर गरिएको छ । सडकखण्डमा उपल्लो मुस्ताङबाट आएका र तल्लो क्षेत्रबाट जाने सवारीसाधन रोकिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत पर्ने कागखोला र ताङ्वे खोलामा बाढी तथा आसपासका क्षेत्रमा सुख्खा पहिरोले पछिल्लो समय उपल्लो क्षेत्र जोड्ने सडक सञ्जाल अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई समस्या भएको थियो । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ग्रामीण सडकमा समस्या छ । पछिल्ला वर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेको छ । 

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ श्रावण २९, बुधबार १४:५१

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ श्रावण २९, बुधबार १४:५१

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ श्रावण २९, बुधबार १४:५१

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP