Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २५
October 11, 2026, Sunday

बाढीले उपल्लो मुस्ताङ सिधा सडक सम्पर्क विच्छेद

उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।

Advertisement

सदरमुकाम जोमसोम हुँदै कागबेनीबाट उपल्लो मुस्ताङ जाने सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ छुसाङस्थित ताङ्वे खोलामा आएको लेदोसहितको बाढीले सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।

Advertisement

खत्रीले भन्नुभयो, ‘‘यस क्षेत्रमा धेरैपटक सडक अवरुद्ध भएको छ, सामान्य वर्षामा पनि बाढी आउँदा उपल्लो क्षेत्रमा जाने यात्रुलाई सास्ती भइरहेको छ ।’’ बाढीले अवरुद्ध गरेको सडकमार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ ।

अवरुद्ध सडक पन्छाउनका लागि सम्बन्धित आयोजनालाई खबर गरिएको छ । सडकखण्डमा उपल्लो मुस्ताङबाट आएका र तल्लो क्षेत्रबाट जाने सवारीसाधन रोकिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत पर्ने कागखोला र ताङ्वे खोलामा बाढी तथा आसपासका क्षेत्रमा सुख्खा पहिरोले पछिल्लो समय उपल्लो क्षेत्र जोड्ने सडक सञ्जाल अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई समस्या भएको थियो । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ग्रामीण सडकमा समस्या छ । पछिल्ला वर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेको छ । 

Related News

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
  • २०८३ आश्विन २४, शनिबार ०४:०८

टोकियो, जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले...

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

TOP