२०८२ माघ १
January 14, 2026, Wednesday

म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली

दरवाङ, १५ भदौ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क्षेत्रका ईञ्चार्ज समेत रहेका जुग्जालीले म्याग्दीमा माओवादीका कर्ताकर्ताहरुले शिर ठाडो गरेर हिड्ने वातावरण बनाएको बताउदै उच्च मनोबलका साथ जनताकहाँ पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

Advertisement


“देशभर होस या म्याग्दीमा माओवादीले अवसर पायो भने विकास, शुसासनको पक्षमा इमान्दार भएर काम गर्छन भन्ने हामी जनप्रतिनिधीले ब्यवहारले पुष्टि गरेका छौ,” उहाँले भन्नुभयो “सरकारमा हुँदा विकासका योजना र बजेट भ्त्रिएर कार्यान्वयन ग¥यौ, प्रतिपक्षमा हुँदा जनताको मुद्दालाई जोडतोडका साथ उठाएका छौ । सरकारलाई खबरदारी गरेका छौ ।”

Advertisement


सो बैठकमा मालिका गाउँपालिका–४ ओखरबोटकी पुर्व वडा सदस्य सिता वि.क. नेकपा माओवादी केन्द्रमा फर्कनुभएको छ । वि.स. २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विक २०७९ मा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।


विकलाई इञ्चार्ज जुग्जाली, प्रदेश संयोजक यामन रोका, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतले स्वागत गर्नुभयो । भ्रममा परेर एमालेमा गएपछि म्याग्दीको विकास र पिछडिएको समुदायको मुक्तिका लागि लड्ने माओवादीनै हो भन्ने लागेर फिर्ता भएको सिताले बताउनुभयो ।


बैठकले तीन महिने म्याग्दीकाली जनभेटघाट अभियानलाई सफल बनाउन नेताहरुको जिम्मेवारी बाडफाँड र कार्यक्रम बनाएको छ । संगठन सुदृढीकरण, सदस्यता नविकरण, विस्तार, वडा र टोल स्तरमा पार्टीको कमिटि निर्माण, जनवर्गीय संगठनको भेला, सम्मेलन, स्थानीयबासीसँग भेटघाट गरि आवश्यकता, समस्या पहिचान र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने माओवादी केन्द्रका प्रदेश संयोजक रोकाले बताउनुभयो ।
 
समसायिक राजनीतिक घटनाक्रम र पार्टीले लिएको शुसासन तथा भ्रष्ट्राचार विरुद्धको नीतिको बारेमा जनतासम्म सन्देश पु¥याउने र जनसम्बन्ध सुढृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रोकाले बताउनुभयो । माओवादी नेतृत्वको सरकार, पार्टीका नेता र जनप्रतिनिधीहरुको पहलमा म्याग्दीमा भएका विकास गतिबिधिहरुको बारेमा जानकारी गराउने तथा थप गर्नुपर्ने कामको पहिचान पनि गरिने संयोजक रोकाले बताउनुभयो ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८२ भाद्र १६, सोमबार ०३:३७

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८२ भाद्र १६, सोमबार ०३:३७

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८२ भाद्र १६, सोमबार ०३:३७

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP