२०८२ माघ १
January 14, 2026, Wednesday

म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि केबी एकेडेमीलाई

२३ औं संस्करणको जिल्ला स्तरीय अन्तरमावि  म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको केबी एकेडेमीले हात पारेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हापको २२ मिनेटमै बिबेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो । पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको बेनी सामुदायिकले दोस्रो हाफमा सुधार गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् ।

Advertisement


केबी एकेडेमीको तर्फबाट दिक्षित पुनले ३८ र ४३ मिनेटमा थप दुई गोल गरेका  थिए । प्रतियोगिताका थपिएको अतिरिक्त समयमा बेनी सामुदायिकका सन्दिप क्षेत्रीले एक गोल गोल गरेका थिए। प्रतियोगिता अवधिभर मैदानभित्र केबी एकेडेमी नै हाबी देखिएको थियो ।यसअगाडीकेबी एकेडेमी सन् २०१८ मा आयोजित १७ औं जेसीज कपमा उपबिजेता भएको थियो भने यसपटकको समेत उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो । बेनी सामुदायिकाको पहिलोपटक बिजेता बन्ने सपना यसपट पनि सफल हुन सकेन । प्रतियोगितामा सर्वाधिक गोलकर्ता केबी एकेडेमीका खिमबहादुर थापा, माउण्ट एभरेष्ट आवासीय माविका एञ्जल थजाली र लिटल गार्डेन एकेडेमीका एलिन जुग्जालीले समान ५ गोल गरेका थिए ।

Advertisement

उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले बताए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनुप दुलाल, उपाध्यक्ष सन्दिर खत्री, बागलुङ जेसीजका शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षेत्री,मुख्य प्रायोजक एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीकी प्रमुख अस्मिता केसी बानियाँले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार वितरण गरेका थिए ।अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म मुख्य प्रायोजन गरेको छ । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८२ मंसिर १५, आईतवार ०१:२२

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८२ मंसिर १५, आईतवार ०१:२२

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८२ मंसिर १५, आईतवार ०१:२२

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP