२०८२ माघ १
January 14, 2026, Wednesday

प्रतिनिधीसभा निर्वाचन ः काँग्रेसबाट गर्बुजा र भण्डारी सिफारिस

आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधी सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली काँग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ ।

Advertisement

प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति समेत रहेका खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर भण्डारी (के.बी.)को नाम सिफारिस गरेको नेपाली काँग्रेस, म्याग्दीले जनाएको छ ।

Advertisement

वि.स. २०७९ को चुनावमा म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

वि.स. २०७०को संविधानसभाको दोस्रो र २०७४ को प्रतिनिधीसभा सदस्य निर्वाचनमा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका गर्बुजा गत चुनावमा तत्कालीन माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका दलको समर्थनमा निर्वाचित हुन सफल हुनुभएको थियो ।

बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले केन्द्रिय समितिको निर्देशन अनुसार प्रत्यक्ष र समानुपातितर्फका उमेद्वारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ त्रिलोकचन्द विश्वास विश्कर्मा, पिपला बुढा, डिल बहादुर विश्वकर्मा र बागबिर दमाईको नाम सिफारिस भएको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्र बहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस भएको छ ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८२ मंसिर २९, आईतवार ०२:४२

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८२ मंसिर २९, आईतवार ०२:४२

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८२ मंसिर २९, आईतवार ०२:४२

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP