२०८२ फाल्गुन ३
February 15, 2026, Sunday

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा म्याग्दीका बोगटी

म्याग्दी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो । उक्त सुचिमा खसआर्य तर्फ म्याग्दीका दिपक कुमार बोगटीको नाम समेत रहेको छ ।

नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापती ओम बहादुर बोगटीका छोरा समेत रहेका बोगटी मलेसियामा व्यवसाय गर्दै आउनुभएको छ । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल बोगटीले जिल्लाको विकासमा टेवा पुग्ने गरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् ।

Advertisement

Related News

नेकपा एमालेले समुदायमा गरेका सबै प्रतिबद्धता पूरा गर्छ : उम्मेदवार हरिकृष्ण श्रेष्ठ
नेकपा एमालेले समुदायमा गरेका सबै प्रतिबद्धता पूरा गर्छ : उम्मेदवार हरिकृष्ण श्रेष्ठ
  • २०८२ पुष १५, मंगलवार ०२:५४

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिबार मंगला गाउँपालिका र...

भकिम्लीका वस्तीवस्तीमा उम्मेदवार भण्डारी
भकिम्लीका वस्तीवस्तीमा उम्मेदवार भण्डारी
  • २०८२ पुष १५, मंगलवार ०२:५४

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा...

गलेश्वर शिवालयको अनुरोध ः ‘महाशिवरात्रीमा गरगहना लगाएर मन्दिर नआउनुहोस्, मदीरा बिक्री नगर्न आग्रह
गलेश्वर शिवालयको अनुरोध ः ‘महाशिवरात्रीमा गरगहना लगाएर मन्दिर नआउनुहोस्, मदीरा बिक्री नगर्न आग्रह
  • २०८२ पुष १५, मंगलवार ०२:५४

म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य...

TOP