म्याग्दी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो । उक्त सुचिमा खसआर्य तर्फ म्याग्दीका दिपक कुमार बोगटीको नाम समेत रहेको छ ।
नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापती ओम बहादुर बोगटीका छोरा समेत रहेका बोगटी मलेसियामा व्यवसाय गर्दै आउनुभएको छ । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल बोगटीले जिल्लाको विकासमा टेवा पुग्ने गरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट...
म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम...
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख...