Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

गलेश्वर शिवालयको अनुरोध ः ‘महाशिवरात्रीमा गरगहना लगाएर मन्दिर नआउनुहोस्, मदीरा बिक्री नगर्न आग्रह

म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको छ । विगतमा भिडभाडमा पैसा, गरगहना हराएको गुनासोलाई मध्यनजर गदैं यसपटक चोरीका घटना हुनसक्ने भएकाले भक्तजनलाई सचेत बनाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । मन्दिरमा महाशिवरात्रीको तयारी समेत पूरा भएको छ ।

Advertisement

मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज आवतजावतका लागि बेनीबाट प्रवेश हुने सवारीसाधनलाई प्रहरीचौकी नजिक पार्किङ गरिने छ भने भने बजारभित्र पैदलयात्रा गरी मन्दिरमा प्रवेश गर्ने, मन्दिरभित्र पुजाआजा गरी फर्किने गरी ब्यवस्थापन गरिएको छ । महाशिवरात्रीको दिन साधापोशाकमा प्रहरी सहित समितिले समेत अनुगमन गर्ने गरी सदस्यलाई परिचालन गर्नेछ ।

Advertisement

मन्दिरमा प्रहरी, गलेश्वरका आमा समुह विभिन्न संघसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा, पुजाआजालाई ब्यवस्थित लगाएत आवश्यक तयारी समेत गरिएको छ । पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक समेत उपस्थिति हुनेछन् । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ । भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिने छ ।

मन्दिरको दोस्रोगेटबाट गणेशको पुजाआजा, शिवलिङ्ग, मुख्य मन्दिर सहित आसपासमा रहेका सहायक मन्दिरहरुमा पुजाआजा गरेलगत्तै बाहिर निस्कन समेत सहज ब्यवस्थापन गरिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । पुजाआजाको ब्यवस्थापनलाई आवश्यकता अनुसार स्थलगत रुपमै समेत नियमन गर्ने टोली समेत परिचालन गरिने छ ।

मन्दिर आसपासका क्षेत्रमा मादकपदार्थ प्रयोग गरिएका पर्दाथ बिक्री वितरणमा समेत कडाई गरिएको छ । मन्दिरको बाहिरी तथा मुख्य मन्दिरमा समेत एउटै भक्तजनले लामो समयसम्म पुजामा ब्यस्त हुनसक्ने भएकाले त्यहाँभित्र समेत स्वयमसेवकमार्फत ब्यवस्थापन गरिने बताए । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको छ ।

भक्तजनलाई कुनै पनि समस्या आइपर्न सक्ने सम्भावनलाई मध्यनगर गरेर स्वयमसेवक परिचालन गरिने समेत कोषले जनाएको छ । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ ।

शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ । भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्वमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय मन्दिर सहित जिल्लाभरका शिवमन्दिरमा समेत पुजाआजा गरिन्छ

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP