Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २५
October 11, 2026, Sunday

भकिम्लीका वस्तीवस्तीमा उम्मेदवार भण्डारी

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा अघि बढाउनुभएको छ ।

Advertisement

शनिबार बेनी नगरपालिका वडा नं ३ भकिम्ली र वडा नं ४ का वस्तीवस्तीमा पुगेर मतदाताहरुलाई भेटी उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना भनाइ राख्दै जनताको सुखदुखमा आफू कहिल्यै पछि नहट्ने र गरेका वाचाहरु नविर्सने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

Advertisement

वडा नं ३ भकिम्लीको हल्लेगौंडादेखि चिनाखेत हुँदै मरेकसम्मका विभिन्न ६ वटा वस्ती र वडा नं ४ का थामडाँडा,सुर्केमला लगाएतका वस्तीहरुमा पुगी मतदाताहरुसँग छलफल, अन्तरक्रिया तथा संवाद गर्दै जनजीवनसँग जोडिएका समस्याहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानका उपायबारे प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट परिवर्तित र रुपान्तरित भएर नयाँ स्वरुप र नेतृत्व सहित आएकोले जनताले ढुक्क भएर कांग्रेसलाई विश्वास गरी मत दिन मतदाताहरुसँग अनुरोध गर्नुभयो ।

भेटघाट कार्यक्रममा उम्मेदवार भण्डारीले जिल्लाका आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिदैं सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूबारे स्थानीयको गुनासोलाई दीर्घकालीन समाधानका लागि स्पष्ट योजना रहेको बताउनुभएको थियो । चुनावी अभियानमा मात्रै नभई मतदातासँग निर्वाचनपछि प्रतिबद्धता कार्यान्वयन गरी गाउँमा आउने वचनवद्धता व्यक्त गर्नुभयो ।

अनुशासन, इमानदारी र केन्द्रमा विभिन्न क्षेत्रमा काम गरेको अनुभव, विज्ञसहितको सम्बन्धलाई जिल्लाको विकासमा जोड्ने भण्डारीको भनाइ थियो । आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएकाले यसपटक अवसर दिन मतदातालाई अनुरोध गर्नुभएको थियो । सोही क्रममा स्थानीय मतदाताहरुले उम्मेदवार भण्डारीलाई विजयी हुनू भनी आर्शिवाद दिएका थिए ।

हसिँला र फरासिला भण्डारीले जेष्ठ नागरिकहरुको आर्शिवाद लिँदै निर्वाचन पछि जेसुकै परिणाम आए पनि आफू जनताको सेवामा सधैं समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य,नेपाली कांग्रेस म्याग्दीका पूर्व पाटी सभापति एवम् निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँ,नेपाली कांग्रेस म्याग्दीका नेता हरिकुमार श्रेष्ठ,क्या.मीनबहादुर कार्की,दुर्गाराम सुवेदी,नारायण कार्की लगाएतका नेता कार्यकर्ताहरुको समूह प्रचार तथा जनभेटघाट अभियानमा सहभागि हुनुहुन्थ्यो ।

स्थानीयले उम्मेदवार भण्डारीलाई आफनो मत अन्त कतै नजाने भनि विश्वस्त बनाएका थिए । कतिले भण्डारीको परोपकारी व्यक्तित्वको खुलेर प्रशंसा गर्नुको साथै नाचगान समेत गरेका थिए ।

Related News

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
  • २०८३ आश्विन २४, शनिबार ०४:०८

टोकियो, जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले...

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

TOP