२०८२ पुष २४
January 8, 2026, Thursday

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको दुर्गम बस्तीमा पर्ने धवलागिरी गाउँपालिका ५ मलम्पारमा रहेको महेन्द्र आधारभूत विद्यालयका २४ जना छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विहिवार मलम्पारमा आयोजित एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत २४ जना छन्त्याल विद्यार्थीहरुलाई झोला, कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Advertisement

रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कापी र कलम वितरण गर्न लागेको जनाएको छ । छन्त्याल परिवार अष्ट्रेलियाका सदस्य दिबिन छन्त्याल, स्थानीय समाजसेवीहरु बुद्धिलाल छन्त्याल,हर्कबहादुर छन्त्याल,नमुना आमा समूहका अध्यक्ष गंगा कुमारी छन्त्याललगायत विद्यालयका शिक्षकहरु घनबहादुर परियार, हरिमाया छन्त्याल, सुनिता थापा मगर, दिनेश ओली, स्थानीय युवा धिराज छन्त्याल लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको थियो ।

Advertisement

दुर्गम गाउँका बालबालिकाहरुलाई लक्षित गरी प्रदान गरिएको शैक्षिक सामाग्रीले विद्यार्थीहरुको सहज पठनपाठनमा सहयोग पुग्ने विद्यालयका शिक्षक हरिमाया छन्त्यालले बताउनुभयो । महेन्द्र आधारभूत विद्यालयका छात्रा प्रिति छन्त्यालले अष्टे«लियामा रहनुभएका छन्त्याल समुदायले आफूहरुको शैक्षिक विकासमा टेवा पु¥याउन शैक्षिक सामाग्री सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । यस अघि सिपिएले रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा शैक्षिक सामाग्री सहयोग गरिनेछ । सिपिएले तत्काल म्याग्दीको ठाडखानी र बागलुङका केही विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

Related News

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु
रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु
  • २०८२ पुष २४, बिहीबार १७:४९

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी...

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • २०८२ पुष २४, बिहीबार १७:४९

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ...

९ औं करबीर मेमोरियल कप आयोजकलाई
९ औं करबीर मेमोरियल कप आयोजकलाई
  • २०८२ पुष २४, बिहीबार १७:४९

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा नौँ जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता उपाधि आयोजकले हात पारेको...

TOP