Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने योजना अन्तरगत रितुङ माविबाट कार्यक्रम सुरु गरेको हो ।

Advertisement

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न लागिएको जानकारी दिएका छन् । ‘हाम्रो डाटामा यी दुई जिल्लामा करिब ६ सय विद्यार्थी छन्, ति सबैलाई हामीले शैक्षिक सामाग्री वितरण गर्नेछौँ’, उनले भने, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौँ ।’ शनिबार नेपाल छन्त्याल संघ प्रारम्भिक समिति घ्यासीखर्कको समन्वयमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

विद्यार्थीलाई शैक्षिक सामाग्री विवतरण गर्दै र अध्यक्ष भण्डारीले विदेशमा आफ्नो श्रम गर्न पुगेका व्यक्तीहरुले आफ्नो समुदायका विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रयास उदाहरणीय भएको बताए । ‘यस्तो दुर्गम बस्तीमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएका छन् ।

यस्ता कार्यक्रमहरुले विद्यार्थीको शैक्षिक सुधारमा टेवा पुग्नेछ’ उनले भने । रितुङ माविका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले कतिपय विद्यार्थीहरुको आर्थिक हिसाबमा पनि कमजोर हुँदा, उनीहरुको नियमित पठनपाठन समेत प्रभावित हुने अबस्था विद्यार्थीहरुका लािग निकै उपयोगि हुने बताएका छन् । ‘यस्तो सहयोग अन्य समुदायका विद्यार्थीहरुलाई पनि आवश्यक रहेको हुदा अन्य सहयोगको पनि अपेक्षा गरेका छौँ’ उनले भने ।

उक्त सहयोग हस्तातरण कार्यक्रममा रघुगंगा आधारभुत विद्यालयका प्र.अ चन्द्रमान छन्त्यालको अध्यक्षता, शिक्षक नन्दबहादुर छन्त्यालको स्वागत र शिक्षिका दिपिका छन्त्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिपिएले तत्काल म्याग्दीको ठाडखानी, मलम्पार र बागलुङको विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP