Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको दुर्गम बस्तीमा पर्ने धवलागिरी गाउँपालिका ५ मलम्पारमा रहेको महेन्द्र आधारभूत विद्यालयका २४ जना छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विहिवार मलम्पारमा आयोजित एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत २४ जना छन्त्याल विद्यार्थीहरुलाई झोला, कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Advertisement

रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कापी र कलम वितरण गर्न लागेको जनाएको छ । छन्त्याल परिवार अष्ट्रेलियाका सदस्य दिबिन छन्त्याल, स्थानीय समाजसेवीहरु बुद्धिलाल छन्त्याल,हर्कबहादुर छन्त्याल,नमुना आमा समूहका अध्यक्ष गंगा कुमारी छन्त्याललगायत विद्यालयका शिक्षकहरु घनबहादुर परियार, हरिमाया छन्त्याल, सुनिता थापा मगर, दिनेश ओली, स्थानीय युवा धिराज छन्त्याल लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको थियो ।

Advertisement

दुर्गम गाउँका बालबालिकाहरुलाई लक्षित गरी प्रदान गरिएको शैक्षिक सामाग्रीले विद्यार्थीहरुको सहज पठनपाठनमा सहयोग पुग्ने विद्यालयका शिक्षक हरिमाया छन्त्यालले बताउनुभयो । महेन्द्र आधारभूत विद्यालयका छात्रा प्रिति छन्त्यालले अष्टे«लियामा रहनुभएका छन्त्याल समुदायले आफूहरुको शैक्षिक विकासमा टेवा पु¥याउन शैक्षिक सामाग्री सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । यस अघि सिपिएले रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा शैक्षिक सामाग्री सहयोग गरिनेछ । सिपिएले तत्काल म्याग्दीको ठाडखानी र बागलुङका केही विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP