२०८२ पुष २८
January 12, 2026, Monday

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा जेष्ठ शेयर सदस्य पुस्कल जोशीले पछिल्लो समय सहकारीहरुमा विश्वास कम हुदै गएको अबस्थामा सहकारीले व्यवस्थित र सबैको विश्वास जित्ने काम गरेको बताउनुभयो । सोही अवसरमा निर्वतमान अध्यक्ष हरिकृष्ण शर्माले आफ्नो शेयर सदस्यहको सुविधाका लागि शुरु गरेका डिजिटल भुक्तानी सेवा प्रभावकारी बन्दै गएकाले यसलाई थप ब्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

Advertisement

असल ऋणीको रुपमा बेल कुमारी श्रेष्ठ, बाद बचतमा सुजल श्रेष्ठ, नियमिति बचतमा पदमबहादुर थापा, शेयर सस्दयहरुको छोराछोरीबाट एईईमा उत्कृष्ट अंक ल्याउने उत्तम रिजाललाई सम्मान गरिएको थियो ।

Advertisement


वैदेशिक रोजगारीका लागि गएका शेयर सदस्यहरुले आफ्नो परिवारलाई विदेशबाट पैसा पठाउन लोकदिपकै मोबाइल एप प्रयोग गर्न सकिने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो । त्यस्तै ग्रामिण भेकमा रहेका सदस्यहरुले आफ्नो घरको विजुली तथा टेलिभिजन तथा इन्टरनेटको बिल तिर्नका लागि पनि सहकारीकै एपको प्रयोग गर्न सकिन्छ ।

१३ सय ६३ जना शेयर सदस्य रहेको सहकारीमा रु. एक करोड ६७ लाख २८ हजार एक सय सेयर पुँजी रहेको सहकारीले ८ करोड ४९ लाख २ हजार ८७ रुपैयाँ लगानी गरेको छ। त्यस्तै संस्थामा ८ करोड २३ लाख ३६ हजार ३७८ रुपैयाँ बचत रहेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमनाथ शर्मा र संचालन तथा प्रगति प्रतिवेदन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

Related News

जलविद्युतको अवरोध हटाउन र मोटरेबल पुललाई बनाउनुपर्नेमा जोड
जलविद्युतको अवरोध हटाउन र मोटरेबल पुललाई बनाउनुपर्नेमा जोड
  • २०८२ पुष २८, सोमबार ०३:२५

मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल...

रघुगंगाको दुर्गम बस्ती ठाडाखानीका ४७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
रघुगंगाको दुर्गम बस्ती ठाडाखानीका ४७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • २०८२ पुष २८, सोमबार ०३:२५

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम बस्ती ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयका ४७ जना छन्त्याल विद्यार्थीहरुलाई...

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
छन्त्याल परिवार अस्ट्रेलियाद्धारा मलम्पारका छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  • २०८२ पुष २८, सोमबार ०३:२५

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको दुर्गम बस्तीमा पर्ने धवलागिरी गाउँपालिका ५ मलम्पारमा रहेको महेन्द्र आधारभूत विद्यालयका २४ जना छन्त्याल विद्यार्थीहरुलाई...

TOP