आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा घरदैलो गरिरहनुभएको छ ।

अन्नपूर्णको २,३ र ४ नारच्याङको विभिन्न बस्तीमा पुग्नुभएको भण्डारीलाई मतदाताले फुलमाला लगाएर स्वागत तथा सुझाव दिएका छन् । विभिन्न बस्तीका मतदाताको समस्या र दुःख बुझेका भण्डारीले आफ्नो एजेण्डा र आफ्नो प्रतिबद्धता राख्नुभएको छ ।

घरदैलो अभियानमा अन्नपूर्ण पुग्नुभएको भण्डारीले जलविद्युत, पर्यटन, सडक र स्थानीय स्तरमा उत्पादन हुने कृषिमा आधुनिकरणका बारेमा आफ्नो एजेन्डा लिएर चुनावि मैदानमा आएको बताउनुभएको छ ।

प्रविधि र केन्द्रीय राजनितिमा राम्रो ज्ञान भएका भण्डारीले यस पटक आफु संसद छिर्ने रणनीती लिएर घरदैलो अभियानमा छ । यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ मालिका गाउँपालिका २ रुममा घरदैलोमा छन् । त्यस्तै नेकपा उम्मेदवार पनि मालिकाका विभिन्न बस्तीमा घरदैलो गरिरहेका छन् ।
त्यसैविच, स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो जन्म गाउँ नागी र राम्चेमा घरदैलो गरिरहेका छन् ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...