२०८२ फाल्गुन १३
February 25, 2026, Wednesday

मुक्तीधाम विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेती (फोटो फिचर)

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको मुक्तीधाम माध्यमिक विद्यालयका विद्यार्थीले तरकारी खेती गरेका छन् । प्राविधिक धार तर्फ कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीले विद्यालय परिसरमै ा सामूहिक तरकारी खेती गरेका हुन् ।

Advertisement

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका कृषि प्रशिक्षक तथा कृषि संयोजक प्रभात सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

विद्यार्थीले यतिबेला कन्या, कन्य ( पराले) च्याउ र टमाटर लगाएका छन् । सो तरकारी बिक्रीबाट आएको आम्दानीमध्ये केही रकम विद्यालय लाई र केही रकम विद्यार्थीलाई बाँडिदिने गरेको शिक्षक सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीले अहिले सम्म दुई कुइन्टल टमाटर र ९० केजी सम्म काठे च्याउ उत्पादन गरेका विद्यार्थीले गत बर्ष कन्या च्याउ एक सय २० केजी उत्पादन गरेका थिए ।

विद्यार्थीले गरिरहेको परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले तरकारी खेती गर्न सिकाईएको विद्यालयले जनाएको छ । घरमा बाबाआमाले गर्ने तरकारी खेतीलाई पनि हामीले आधुनिकरण गरेर उत्पादन बढाउन विद्यालयको सिकाईले मद्दत दिएको विद्यार्थी रेजिना भण्डारीको भनाई छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयका कारण विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । अधिकांश प्राविधिक विषयको पढाइ अङ्ग्रेजीमा हुने हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निकै सकस हुने गरेको छ ।

Related News

ध्वलागिरी र मालिकामा कांग्रेसका चुनावी सभा ः पश्चिमको विकास प्राथमिकता उम्मेदवार भण्डारी
ध्वलागिरी र मालिकामा कांग्रेसका चुनावी सभा ः पश्चिमको विकास प्राथमिकता उम्मेदवार भण्डारी
  • २०८२ फाल्गुन १३, बुधबार १४:३५

नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा तथा मतदाता संगको भेटघाटलाई तिब्रता दिएको छ । सोमबार जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको...

दोवा,दाना र नारच्याङमा नेपाली कांग्रेसको सभायहाँका समस्याहरु समाधान गरेरै छोड्ने उम्मेदवार भण्डारीको प्रतिबद्धता
दोवा,दाना र नारच्याङमा नेपाली कांग्रेसको सभायहाँका समस्याहरु समाधान गरेरै छोड्ने उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८२ फाल्गुन १३, बुधबार १४:३५

नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा आज शनिवार अन्नपूर्ण गाउँपालिकाका वडा नं १ दोवा,वडा नं ३ दाना र वडा नं ४...

‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’को अभियान पूरा गर्न प्रतिबद्ध छौ : उम्मेदवार श्रेष्ठ
‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’को अभियान पूरा गर्न प्रतिबद्ध छौ : उम्मेदवार श्रेष्ठ
  • २०८२ फाल्गुन १३, बुधबार १४:३५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले “समृद्ध म्याग्दी, सुखी म्याग्देली’’को सपना पूरा गर्न पार्टी र...

TOP