२०८३ भाद्र २
August 18, 2026, Tuesday

ध्वलागिरी र मालिकामा कांग्रेसका चुनावी सभा ः पश्चिमको विकास प्राथमिकता उम्मेदवार भण्डारी

नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा तथा मतदाता संगको भेटघाटलाई तिब्रता दिएको छ । सोमबार जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको विभिन्न वडामा चुनावी सभा सम्पन्न भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले पश्चिमको विकासलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिका ६ दरबाङमा भएको सभालाई सम्बोधन गर्दै उम्मेदवार भण्डारीले पश्चिममा म्याग्दी हरेक दृष्टीकोणबाट पछि परेको बताउदै पश्चिकको विकासका लागि आफुले प्राथमिकतामा राखेर काम गर्ने बतानुभएको छ। उहाँले दरबाङदेखि अर्मन, मल्कबाङ जाने सडकको स्तरउन्नती गाउँका युवा क्लबको खेलमैदान निर्माण गरि खेलाडी उत्पादन र गाउँमा उत्पादन भएका कृषि जन्य बस्तुको विक्री वितरणका लागि आफुले पहल गर्ने बताउनुभएको छ।
धवलागिरी र मालिकामा निर्माणधिन हाइड्रो पावर पिडीतका समस्या समाधान र र मालिकाधुरी, मुना मालिका लगायतका पर्यटकीय स्थल सम्म पुग्ने पदमार्ग तथा सडकलाई व्यवस्थित गरी संसारभरका पर्यटकहरुको आकर्षण स्थल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उम्मेदवार भण्डारीले गाउँसम्म जाने सडकको स्तरोन्नति गर्ने,आवश्यक ठाउँमा झोलुङ्गे पुलको व्यवस्था गर्ने,रोजगारीका लागि विभिन्न सीपमूलक तथा व्यवसायमूलक कामहरुको पहिचान गरी विदेशीन वाध्य जनशक्तिलाई आफ्नै ठाउँमा स्वरोजगार गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भण्डारीले प्राथमिकता र आवश्यकताका आधारमा विकास,जातीय समनता,वर्गिय विभेदको अन्त्य,रोजगारीको सृजना,पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास,शिक्षा,स्वास्थ्यमा सुधार र सर्वसुलभ बनाउने योजना,हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा ,सानेपानी,सिंचाइ,उत्पादित वस्तुको बजारीकरण,कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने,जडिबुटीको संकलन,प्रशोधन र विक्रीवितरणका लागि सहज नीतिको कार्यान्वयन,खानी उत्खन लगाएतका कुराहरु आफ्नो क्रमिक प्राथमिकताका विषयहरु रहेका बताउनुभयो ।

सोही अवसरमा निवर्तमान राज्यमन्त्री तथा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले आफूले छोटो समयमा जिल्लाका लागि धेरै काम गरेको,बजेटदेखि लिएर योजनाहरुको निरन्तरता र जिल्लामा देखिएका समस्या समाधानको लागि प्रयास गर्दागर्दै देशमा उत्पन्न समस्याका कारण ती सबै प्रयासहरु अधुरा रहेका बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्नुका साथै जिल्लामा देखिने गरी विकास निर्माणका लागि बजेट र कानुन निर्माणमा कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (के.वि) अझै योग्य भएकाले उहाँलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो । साथै मालिकाो दिच्याम र गगनपानीका बस्तीहरुमा घरदैलो समेत गरिएको गियो ।

दुई वटैै पालिकाका वडाहरुमा अत्यन्त शालीन र मर्यादित तरिकाले कार्यक्रम सम्पन्न भएको थियो । प्रतिद्धन्द्धी कुनै पनि दल वा व्यक्तिलाई कुनै किसिमको आक्षेप नलगाई नीति निर्माण तहमा र जिल्लाको विकासमा आफूले गर्नसक्ने कामहरुको बारेमा मतदाताहरुलाई प्रतिवद्धता व्यक्त गरिएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP