२०८३ भाद्र ९
August 25, 2026, Tuesday

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गणेश मौनी/ दिपायल- प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Advertisement

प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ रहेको डोटीमा शनिबार एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको जिल्ला अदालत डोटीका न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । कार्यालय स्थापना पश्चात् निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसारका कार्यहरू अगाडी बढाउने समेत मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकायले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । निर्वाचनलाई शान्तामय तरिकाले सम्पन्न गर्न शान्ति सुरक्षा लगायतका आवश्यक व्यवस्थापकीय कार्यलाई व्यवस्थित रूपमा अगाडी बढाउने प्रजिअ श्रेष्ठले बताइन् ।

स्थानीय तहको निर्वाचन पश्चात् डोटी जिल्लामा १ हजार ३ सय १६ जना नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणा कर पन्तले बताए । उनका अनुसार डोटी जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा १ लाख २३ हजार ५ सय ५४ मतदाता रहेका थिए भने उक्त संख्या बढेर हाल आएर १ लाख २४ हजार ८ सय ७० रहेको छ । जसमा ५९ हजार १ सय ३५ पुरुष र ६५ हजार ७ सय ३५ महिला रहेका छन् ।

डोटी जिल्लामा १ सय १५ वटा मतदान स्थल र १ सय ७७ वटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचन पश्चात् डोटीमा ६ वटा मतदान केन्द्रहरू थप भएको समेत निर्वाचन अधिकारी पन्तले बताए । उनका अनुसार आदर्श गाउँपालिकामा ३ वटा, के आई सिंह गाउँपालिकामा १ वटा, शिखर नगरपालिकामा १ वटा र सायल गाउँपालिकामा १ वटा नयाँ मतदान केन्द्रहरू थप भएका हुन् । मतदान स्थल भने साबिककै रहको बताए ।

निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज २३ उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्छ प्रदान गर्ने र मङ्सिर ४ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP