Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व संकलन भएको छ ।

Advertisement

एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट एकसय विवाइडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य ५६ वटा सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो ।

Advertisement

कार्यालय प्रमुख चुडालले भन्नुभयो, ‘‘आर्थिक बर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो, पहिलो दुई साता ब्यापारी समेत सामान मगाउन अलमलमा परेको देखिन्थ्यो, अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ ।’’

कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन भन्सार कार्यालयबाट जाँचपास  भइसकेको छ । गत २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयले ९ अर्ब ९२ करोड ५ लाख ६ हजार ४२० रुपियाँ राजस्व संकलन गरेको थियो ।

गत आवमा कुल १४ अर्ब ४० करोड ६ लाख बराबरको सामान आयात तथा २० करोड ४० लाख ५५ हजार बराबरको निर्यात भएकोमा कोरला नाकाबाट ३२ सय २३ विद्युतीय सवारीसाधन भित्रिएका थिए ।

यस आव २०८३–८४ मा राजस्व संकलनको लक्ष्य ९ अर्ब निर्धारण गरिएको छ । बर्खा र जाडो याममा भन्सार कार्यालयको सेवा प्रवाह सुस्त हुन्छ । बाढीपहिरो ग्रसित रसुवा र तातोपानी नाकामा समस्या भएपछि ब्यापारीले कोरला नाकालाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने गरेका छन् ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरा लैजाने गरिन्छ । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP