२०८३ आश्विन १
September 17, 2026, Thursday

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा सुमि तिलिजा प्रथम, कृतिका खत्री द्धितिय, सन्निजा शाही तृतीय र सुगम सुवेदी सान्त्वना हुनुभएको छ । प्रतियोगितामा जम्मा १७ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने र सहभागी विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्री, सदस्य निशा गर्बुजा, विना खत्रीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा वक्तृत्वकलामार्फत विद्यार्थीहरूले विद्यालयप्रतिको अपनत्व, गौरव र जिम्मेवारीका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा सिर्जनात्मक अभिव्यक्ति क्षमताको विकासमा सहयोग पुगेको प्रतियोगिता संयोजक शिक्षक नरेश कुमार यादवले जानकारी दिनुभयो । यसैबिच शुक्रवार नै विद्यालयमा रहेको बाल क्लबको आयोजनामा विद्यालय परिसरमा फूलका विरुवा रोपण र सरसफाई समेत गरिएको छ ।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP