Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको हो ।
तालिममा बागलुङ जेसीजका पूर्व अध्यक्ष गणेश महत्तो, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री र म्याग्दी जेसीजका पूर्व अध्यक्ष खम थापा मगरले सहजीकरण गर्नुभएको थियो । तालिममा विद्यालयका विद्यार्थी र शिक्षक समेत गरी ४५ जनाको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा उद्घोषण तथा भोषणकलाको क्षमता अभिबृद्धिका लागि म्याग्दी जेसीजले सञ्चालन गरेको तालिम प्रभाबकारी हुने बताउनुभयो ।
कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्री र प्रधानध्यापक अर्जुन शर्माले विद्यार्थी र शिक्षकहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा प्रभावकारी हुने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सञ्चालन गरेकोमा म्याग्दी जेसीजलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै जिल्लाको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, संस्कृतिको संरक्षण तथा सामाजिक कार्यहरुमा म्याग्दी जेसीजले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । शाखा अध्यक्ष विश्वकर्माको अध्यक्षता, पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ, सहभागी शिक्षक दुर्गादत्त रिजाल , सहभागी विद्यार्थी रश्चना शाहीको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका तालिम संयोजक सिर्जना थापाले गर्नुभएको म्याग्दी जेसीजका महासचिब गोकुल सुनारले जानकारी दिनुभयो 

Advertisement

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP