२०८२ मंसिर ६
November 21, 2025, Friday

बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

बझाङ – मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

Advertisement

गम्भीर घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो।

Advertisement

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चार घाइतेलाई धनगढी रेफर गरिएको छ।

घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर छ। ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका छन्।

दुर्घटनामा मृत्यु हुनेमा भण्डारीबाहेक मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जीप दुर्घटनामा परेको हो। कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। जीप सडकबाट ५०० मिटर तल खोल्सामा खसेको थियो।

‘सडक एकदमै उकालो भएको र गाडीमा भार बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारील भने, ‘दुर्घटनामा प्रायः जसो मष्टा २ का मानिसले ज्यान गुमाएका छन्।’

यसअघि २०७६ साल असार २ गते पनि यही सडक खण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक ३, बिहीबार ०७:२०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक ३, बिहीबार ०७:२०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक ३, बिहीबार ०७:२०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP