Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २५
October 11, 2026, Sunday

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि आयोजक अर्थुङ्गे युनाइटेडले जितेको छ । बेनी नगरपालिका–८, शिक्षामार्गस्थित बेनी फुटसल खेलमैदानमा सम्पन्न फाइनल खेलमा थाकली ग्रुपलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै अर्थुङ्गे युनाइटेडले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

Advertisement

उपाधिसँगै अर्थुङ्गे युनाइटेडले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको थाकली ग्रुपले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा व्यक्तिगत तथा टिमगत विधातर्फ पनि उत्कृष्ट खेलाडी र टोलीलाई पुरस्कृत गरिएको छ ।

Advertisement

प्रतियोगिताको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) आशिष गुरुङ घोषित भए भने अनुशासित टोलीको उपाधि धुपीबोट ग्रुप अफ क्लबले प्राप्त गरेको छ । त्यस्तै, उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) को उपाधि आयोजक अर्थुङ्गे युवा क्लबका गोलरक्षकले हात पारेका छन्। क्लबका अध्यक्ष विवेक बानियाँका अनुसार अनुशासित टोलीलाई नगद सात हजार रुपैयाँ र उत्कृष्ट गोलरक्षकलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

स्थानीय स्तरमा फुटसल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

Related News

Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
  • २०८३ आश्विन २४, शनिबार ०४:०८

टोकियो, जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले...

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

TOP