Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक २
October 18, 2026, Sunday

म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक’ रुपमा सम्मानित

उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह तथा नवीन कार्यका लागि म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक कार्यालय’का रूपमा घोषित भएको छ ।
१५२औँ विश्व हुलाक दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय, म्याग्दीलाई नमुना हुलाक कार्यालयका रूपमा घोषणा गर्दै कार्यालयका प्रमुख रमेश थापालाई प्रशंसा–पत्र प्रदान गरेको हो ।

Advertisement

Advertisement

कठमाडौँमा भएको कार्यक्रममा नेपाल सरकारा सूचना तथा संचार मन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त उक्त सम्मान पत्र हस्तातरण गर्नुभएको थियो । हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको समेत सहभागिता रहेको थियो ।हुलाक सेवाको प्रभावकारिता, गुणस्तर र सेवाग्राहीमैत्री सेवा प्रवाह अभिवृद्धिका लागि उत्कृष्ट कार्यसम्पादन तथा नवप्रवर्तनकारी कार्य गरेको भन्दै सम्मान गरिएको हो ।

अवसरमा प्राप्त यस सम्मानलाई कार्यालयले आफ्नो सेवा प्रवाहमा संलग्न कर्मचारीहरूको मेहनत र सेवाग्राहीको विश्वासको प्रतिफलका रूपमा लिएको थापाको भनाई छ ।
आगामी दिनमा सेवाग्राहीलाई अझ आधुनिक, छरितो र प्रविधिमैत्री सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

Related News

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

TOP