Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक २
October 18, 2026, Sunday

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर

म्याग्दी ।
अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । एफफोर मोबाइल सपमार्फत सञ्चालनमा आएको स्टोरले ग्राहकका लागि आकर्षक उपहार तथा विशेष अफरसमेत सार्वजनिक गरेको छ । F4 mobile सप मार्फत संचालनमा ल्याईएको र दुबै उक्त स्टोर मार्फत एक हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरूमध्ये एक जोडीलाई थाइल्यान्ड भ्रमण र एक जनालाई टीभीएस एनटर्क स्कुटर जित्ने अवसर प्रदान गरिने सञ्चालक नगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

Advertisement


स्टोर उद्घाटनका अवसरमा अल्टिमाका ब्रान्ड एम्बेसडर विविध जंग थापा (MRB) को उपस्थितिमा पहिलो २४ जना ग्राहकले ९९ रुपैयाँमा विभिन्न सामान खरिद गर्ने अवसर पाएका थिए । उद्घाटनको विशेष अफरले ग्राहकको आकर्षण बढाएको छ ।लामो समयदेखि ग्राहकको विश्वास जित्दै आएको एफफोर मोबाइल सपले अल्टिमा लाइफस्टाइलको आधिकारिक स्टोर सञ्चालनमा ल्याएसँगै बेनी तथा आसपासका क्षेत्रका ग्राहकले ब्रान्डका उत्पादन सहज रूपमा खरिद गर्न सक्ने भएका छन् ।

Advertisement


दसैँ–तिहारलाई लक्षित गर्दै स्टोरले विभिन्न आकर्षक अफर तथा पुरस्कारको व्यवस्था गरेको जनाएको छ । उक्त पसलमा अल्टिमाको उत्पादन मात्र नभएर हरेक ब्राण्डका फोनहरु समेत पाहिन्छ । अल्टिमाको सामान खरिद गर्दा १छ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट समेत रहेको छ । नयाँ स्टोर सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक अडियो तथा वेयरेबल सामग्री छनोट गर्ने अवसर थपिएको छ । जुनसुकै सामान खरिदमा पनि हात खाली नजाने उपहारको व्यवस्था रहेको संचालक बस्नेतको भनाई रहेको छ।


ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै चाडपर्वको अवसरमा आकर्षक उपहार र अफरमार्फत खरिद अनुभवलाई थप रोचक बनाउने लक्ष्य रहेको छ ।

Related News

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक’ रुपमा सम्मानित
म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक’ रुपमा सम्मानित
  • २०८३ आश्विन २८, बुधबार ०६:४८

उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह तथा नवीन कार्यका लागि म्याग्दी जिल्ला हुलाक कार्यालय ‘नमुना हुलाक कार्यालय’का रूपमा घोषित भएको छ...

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

TOP