२०८३ असार ११
June 25, 2026, Thursday

कैलाली -४ का लागि म होइन, लेखराज टुरिष्ट हुन् : प्रदेश सभापति बलायर


कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं कलैली – ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीर बहादुर बलायरले कैलाली ४ का लागि आफू टुरिष्ट नभै लेखराज टुरिष्ट भएको बताए । बाम लोकतान्त्रिक गठबन्धनले गौरीगंगा नगरपालिका – ११ शिवपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले आफूलाई केही व्यक्तिहरूले टुरिष्ट नेताको आरोप लगाउँदै आएकोमा आपत्ति जनाए ।

‘जुन क्षेत्रलाई मैले पटक – पटक राजनीतिक कर्म थलो बनाएको छु, जुन क्षेत्रबाट म पटक – पटक गिरफ्तार भएको छु,’ सभापति बलायरले भने,’ जुन क्षेत्रमा मेरा मातापिता पुर्खाको दाहसंस्कार गरेको छु र जुन क्षेत्रका जनताको लडाईको नेतृत्व र आवाज बनेको छु, जहाँ मेरा जीवनका महत्त्वपूर्ण समय खर्चेको छु, त्यो क्षेत्रका लागि म कसरी टुरिष्ट हुन सक्छु।,’ यो देशका जनता, सुदुरपश्चिमका जनताका लागि र लोकतान्त्रिक व्यवस्थाका लागि म लडेको छु । म देशभरका लागि टुरिष्ट होइन । एमाले र यहाँका जनताका लागि बरू लेखराज दाई टुरिष्ट हुन् । जो सीमित स्वार्थ र पदका लागि माओवादी छोडेर एमालेमा गए। उनी एमालेका लागि पनि टुरिष्ट भए हिजो माओवादीमा हुँदा मत दिने यहाँका मतदाता र अहिलेका मतदाताका लागि पनि टुरिष्ट हुन्,’ उनले थपे ।’

Advertisement

ओलीको देश विसर्जन गर्ने यात्राको एक मतियार लेखराज भट्ट पनि भएको उनको आरोप छ । भट्टले सारा जिन्दगी र परिश्रम एकातिर गरे पनि पद र पावरका लागि अर्का तिर लगेर ओलीको प्रतिगमनकारी भूमिकालाई सहयोग गरेको उनले बताए ।

Advertisement

कुनै एक व्यक्तिले विगतमा डोटीबाट कैलाली आएर, जिम्दार भएर कमैया राख्यो तर म कमैया मुक्तिको लडाइँ लड्न डोटीबाट आएको हुँ,’ सभापति बलायरले भने,’ मुक्त कमैयाकाे व्यवस्थापनका लागि आएको हुँ । भूमि हिन कमैयहरुको समस्या समाधानका लागि भूमि आयोग मार्फत काम गरिरहेका बेला निर्वाचन आयोगले आचार संगीतका नाममा लगाएको प्रतिबन्ध जायज छैन । नागरिकता प्राप्त नागरिकको भूमिमा अधिकार हुनु पर्छ । भूमिहिन जनताका समस्या विनाबारोध तत्काल समाधान हुनुपर्छ ।’

यसैक्रममा उनले आगामी निर्वाचनमा प्रतिगमन विरुद्धको आन्दोलन भएको जनाएका छन् । बलायरले मंसिर ४ मा हुने निर्वाचनलाई आन्दोलनको संज्ञा दिएका हुन्।

देशलाई प्रतिगमनबाट जोगाएर सम्बृद्धि र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विगतदेखि प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएको इतिहास छ,’ बलायारले भने,’ केपी ओलीले जनमतको फाइदा उठाएर दुई दुई पटक देश दुर्घटनामा लगे । लामो त्याग र बलिदानबाट प्राप्त संविधान जलाउने कुचेष्टा गरे । असंवैधानिक तबरबाट संसदीय व्यवस्थाको धज्जी उडाए । त्यसको उपज देश आर्थिक, सामाजिक र राजनीतिक रूपमा दुर्घटनामा पुग्यो यसलाई बचाउन गठबन्धनमा जानु पर्यो ।’

बाम लोकतान्त्रिक गठबन्धनले देश र संविधान जोगाउनका लागि आहुति दिन समेत तयार हुने प्रतिबद्धता गरेको उनले बताए । उनले मंसिर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराएर देश जोगाउने आन्दोलन सफल पार्न अपिल गरे ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP