
चौमाला– देशको लोकतान्त्रिक गणतन्त्रको शासन पद्धतिलाई यो मुलुकमा अपरिवर्तनीय रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले पाँच दल अलग अलग नभई अहिले एउटै पार्टी भएको नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले बताएका छन् ।
मंगलबार चौमालामा बाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटनका क्रममा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् ।
केपी ओलीले दुई दुई पटक यो संविधानको घाँटी निमोठ्न खोजेको बताउँदै उनले भने,‘फेरि पनि निर्वाचनबाट केपी ओलीलाई हाम्रा कमजोरीले त्यही ठाउँमा पुगाइदियौँ भने उनले संविधान च्यात्ने र जलाउने छन् । असंवैधानिक कदम चाल्ने छन्, जसले गर्दा देश ठूलो दुर्घटनामा पर्नेछ, तसर्थ ओलीलाई सदाका लागि समाप्त पार्न निर्वाचनबाटै ठेगान लगाउनु पर्नेछ ।’अहिले हामीले वर्तमान अवस्थाको सुरक्षा गर्न आगामी मंसिर ४ को निर्वाचनका लागि हामीले गठबन्धनलाई खरो रुपमा प्रस्तुत गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
‘हाम्रो सिद्धान्तलाई अहिले एउटै कुरामा मात्रै निर्देशित गरेको छ,’ उनले भने,‘संविधानको रक्षार्थ र ओली प्रवृत्ति विरुद्ध एकजुट भएर गठबन्धनकै शक्तिले मंसिर ४ मा परास्त गर्नुछ ।’
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



