२०७९ चैत्र १६
March 30, 2023, Thursday

संविधान रक्षार्थ गठबन्धन एउटै पार्टी भएको छ : बलायर

चौमाला– देशको लोकतान्त्रिक गणतन्त्रको शासन पद्धतिलाई यो मुलुकमा अपरिवर्तनीय रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले पाँच दल अलग अलग नभई अहिले एउटै पार्टी भएको नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले बताएका छन् ।

Advertisement

मंगलबार चौमालामा बाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटनका क्रममा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् ।

Advertisement

केपी ओलीले दुई दुई पटक यो संविधानको घाँटी निमोठ्न खोजेको बताउँदै उनले भने,‘फेरि पनि निर्वाचनबाट केपी ओलीलाई हाम्रा कमजोरीले त्यही ठाउँमा पुगाइदियौँ भने उनले संविधान च्यात्ने र जलाउने छन् । असंवैधानिक कदम चाल्ने छन्, जसले गर्दा देश ठूलो दुर्घटनामा पर्नेछ, तसर्थ ओलीलाई सदाका लागि समाप्त पार्न निर्वाचनबाटै ठेगान लगाउनु पर्नेछ ।’अहिले हामीले वर्तमान अवस्थाको सुरक्षा गर्न आगामी मंसिर ४ को निर्वाचनका लागि हामीले गठबन्धनलाई खरो रुपमा प्रस्तुत गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘हाम्रो सिद्धान्तलाई अहिले एउटै कुरामा मात्रै निर्देशित गरेको छ,’ उनले भने,‘संविधानको रक्षार्थ र ओली प्रवृत्ति विरुद्ध एकजुट भएर गठबन्धनकै शक्तिले मंसिर ४ मा परास्त गर्नुछ ।’

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ कार्तिक ८, मंगलवार १९:२३

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ कार्तिक ८, मंगलवार १९:२३

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ कार्तिक ८, मंगलवार १९:२३

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP