२०८१ बैशाख २२
May 4, 2024, Saturday

बुथ कब्जा हुने अवस्था देखिए माथिको आदेशबिनै गोली चलाउनू : गृह मन्त्रालय

काठमाडौं- गृह मन्त्रालयले चुनावमा बुथकब्जा एवं मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न भए माथिको आदेशबिनै गोली चलाउने अधिकार सुरक्षाकर्मीलाई दिएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव विनोदप्रकाश सिंहले आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा गोली चलाउन माथिको आदेश नचाहिने परिपत्र गरिएको जानकारी दिए।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९२१ र म्यादी प्रहरी १ लाख १५ हजार गरी कुल २ लाख ९८ हजार ५७९ सुरक्षाकर्मी फिल्डमा खटाइएको छ।

Advertisement

Related News

सुनका गहना लुट्न दम्पत्तीको हत्या, पर्वत प्रहरीले सार्वजनिक गर्यो अभियुक्त
सुनका गहना लुट्न दम्पत्तीको हत्या, पर्वत प्रहरीले सार्वजनिक गर्यो अभियुक्त
  • २०७९ मंसिर २, शुक्रबार १८:२०

बैदेशिक रोजगारीमा गएको ऋण तिर्न र घरखर्च चलाउने पैसाको अभाव भएपछि दुई यूवाले एक दम्पतीको हत्या गरेको खुलेको छ ।...

माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी एक महिलालाई लायन्सकाे आर्थिक सहयोग
माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी एक महिलालाई लायन्सकाे आर्थिक सहयोग
  • २०७९ मंसिर २, शुक्रबार १८:२०

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकदशक अगाडी गम्भीर घाईते हुनुभएकी पर्वतको जलजला गाउँपालिका वडा नं २ पूर्णगाउँकी एक...

मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग
मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग
  • २०७९ मंसिर २, शुक्रबार १८:२०

म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा...

TOP