२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ घाइते

दिपायल- कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ।

Advertisement

शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।

Advertisement

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन्। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ।

दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। हिक्मतको टाउकोमा र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ। यस्तै अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन्।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP