२०८३ जेष्ठ २७
June 10, 2026, Wednesday

बाजुरामा मतपेटीका जलाइयो, मतदान स्थगित

Advertisement

दिपायल –  बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ। जिल्लाको  स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो।

Advertisement

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो। कसले आगजनी गर्‍यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन्। सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ। अहिले पानी हालेर उक्त मतपेटीका निभाइएको छ।

जिल्लाभर ४५ प्रतिशत मत खस्यो
बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको हो। जिल्लाका ८३ हजार पाँच सय ६६ मतदाता रहेका छन्। जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ।

यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ। जिल्लाका विभिन्न मतदानस्थल तथा केन्द्रहरुमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP