२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर


दिपायल- डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार ठुलो मात्रा मत बदर भएको हो ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्य ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।

Advertisement

एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । जसमध्य एक हजार ९१९ मत बदर भएको छ । ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख) तर्फ एक हजार ७ सय ३२ मत बदर भएको छ ।


प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रेम बहादुर आले मगर ४ हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ ।

उम्मेदवार बीचको मतान्तर हेर्दा बदर मतको संख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो रहेको छ ।

प्रदेश र प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिक तर्फको मतको नतिजा सार्वजनिक हुनसकेको छैन । मुख्य निर्वाचन अधिकृत पाण्ड्येले समानुपातिक तर्फको मत गणना जारी रहेको बताउनु भयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ८, बिहीबार १८:२९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ८, बिहीबार १८:२९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ८, बिहीबार १८:२९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP