२०८३ श्रावण १२
July 28, 2026, Tuesday

बाजुरामा निरन्तर मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुरा- बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।

Advertisement

पाण्डेको १४ हजार ४८ मत छ भने नेकपा एमालेका कर्णबहादुर थापाको १० हजार ७८७ मत रहेको छ । 

त्यसै गरी प्रदेश सभा सदस्यका लागि (क) का नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीको पाँच हजार १३२ रहेको छ भने एमालेका बलदेव रेग्मीको तीन हजार ९२८ मत छ । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले ३२५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, प्रदेश ख का नेपाली कांग्रेसका पदमबहादुर शाहीले नौ हजार २२ मत रहेको छ । नेकपा एमालेका लालबहादुर थापाले सात हजार ७४७ मत रहेको छ । राजपा हिमाल बहादुर शाहीको एक र स्वतन्त्रका जनकबहादुर रावलको दुई मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।

बाजुरामा हिजो करिब दुई घण्टापछि पुनः मतगणना सुरु गरिएको थियो । जिल्लाको हिमाली ६ र बुढिगङ्गा नगरपालिका वडा नम्बर ३ को मतपेटिका मुचुल्का भन्दा बढी मतपत्र भेटिएको विवादका कारण मतगणना स्थगन गरिएको थियो । 

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP